नियम १९
डिमाण्ड चार्ज छुट
(१) ऐनको दफा २९ को खण्ड (च) बमोजिम विद्युत आपूर्ति नभएको :समयको आधारमा उद्योग सञ्चालनमा आएको एक वर्ष पूरा भएको कुनै उद्योगले विद्युत आपूर्ति नभएको समयको अनुपातमा डिमाण्ड चार्ज छुटको सुविधा लिन चाहेमा एकले बिन्दु सेवा केन्द्रमा निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा एकल बिन्दु सेवा केन्द्रले त्यस्तो उद्योगलाई विद्युत आपूर्ति नभएको समयको अनुपातमा डिमाण्ड चार्ज छुट दिनको लागि सिफारिससंहित सम्बन्धित निकायमार्फत नेपाल सरकारमा अनुरोध गरी पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम नेपाल सरकारसमक्ष सिफारिस गर्दा एकल बिन्दु सेवा केन्द्रले देहायको विवरणसमेत खुलाई पठाउनु पर्नेछ:-
(क) उद्योगको जडित विद्युत क्षमता,
(ख) उद्योगको विद्युत महसुल बक्यौताको स्थिति, (ग) विद्युत आपूर्ति गर्ने निकायले दिएको विद्युत आपूर्ति नभएको समय सम्बन्धी विवरण ।
(४) उपनियम (२) बमोजिम डिमाण्ड चार्ज छुटको लागि सिफारिससहितको अनुरोध प्राप्त भएमा सम्बन्धित निकायले डिमाण्ड चार्ज छुटको लागि नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम डिमाण्ड चार्ज छुटको लागि सम्बन्धित निकायबाट पेश भएपछि नेपाल सरकारले उद्योगले तिर्ने विधुत महसुलमा लगाई आएको डिमाण्ड चार्ज छुट दिन सक्नेछ।
(६) उपनियम (५): बमोजिम नेपाल सरकारबाट डिमाण्ड चार्ज छुट दिएको जानकारी एकल बिन्दु सेवा केन्द्रले सम्बन्धित उद्योगलाई गराउनु पर्नेछ।